पोखराका नगर प्रहरी प्रमुख थापालाई दज्र्यानी चिन्ह प्रदान, ४७ नगर प्रहरी दीक्षित

पोखरा । पोखरा महानगरमा हालै मात्र नगर प्रहरी निरीक्षक सेवा करारमा नियुक्त भएका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी निरीक्षक थापालाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार एक कार्यक्रमका बीच दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

२०६० साल जेठ ७ गते नगर प्रहरी सहायक निरीक्षक पदबाट सेवा प्रवेश गरेका थापा २०७७ सालमा नगर प्रहरी नायव निरीक्षक र २०८० साउन ९ गतेको निर्णयअनुसार नगर प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन । प्रहरी निरीक्षक थापाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पास गरेका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका ४७ जना नयाँ नगर प्रहरीहरूलाई दीक्षित गरिएको थियो । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र लामापाटनमा (७–०१) औँ समूहको नगर प्रहरी जवान आभार भूत तालिममा सहभागी भएका ४७ जना नगर प्रहरी जवानहरूलाई दीक्षित गरिएको हो ।

तालिमको आन्तरिक मूल्याङ्कन प्रक्रियामा १३ जना महिला तथा ३४ जना पुरुषहरू मध्ये २९ जना क श्रेणी र १८ जना ख श्रेणीमा परेका थिए ।

उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेलले संयुक्त रूपमा दीक्षित गरेका हुन ।

नगर प्रहरीलाई दीक्षित गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए ।

उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले शपथ गराए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button