पोखरामा नहरमा महिला मृत अवस्थामा फेला

पोखरा । पोखरा महानगरपालिका १७ बिरौटा स्थित नहरमा शनिबार एक महिला मृत अवस्थामा भेटिएकी छन् ।

बिरौटा स्थित राम मन्दिर नजिकै पावरहाउस तर्फको भित्रि नहरमा ५८ वर्षीया पवित्रा बरालको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी बेद जोशीले जानकारी दिए ।

हिजो शुक्रबारदेखि घरबाट सम्पर्कविहीन भएकी पोखरा बिरौटा निवासी बराललाई खोजी गर्ने क्रममा शनिबार दिउँसो मृत अवस्थामा भेटिएको डिएसपी जोशीले बताए ।

बिरौटाको नहरको माथिल्लो भाग ड्यामसाइड नजिकैबाट अज्ञात मान्छे खसेको भनेर स्थानीयले खबर गरेपछि  हिजो दिउँसैबाट प्रहरीले खोजी कार्य सुरु गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button