चोकोफनको नयाँ अभियान ‘वन्ली चोकोफन’

पोखरा । सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफन ‘Chocofun’ को नयाँ बजार अभियान शुरु गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने संदेश बोकेको यस बजार अभियानलाई आकर्षक ढंगले नेपालभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।

चोकोफनले विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहक वर्गमा मिठास छर्दै आएको छ । यस अभियान मार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई ‘वन्ली चोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ ।

बालबालिकाहरुको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा ‘वन्ली चोकोफन’ छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल मार्फत् प्रवाह गरिएको छ ।

बालबालिकाहरुले यसलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्नेछन् । उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर ‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ  अभियानको टेलिभिजन विज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँदछ ।

जहाँ बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै ‘Only Chocofun’ नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।

बिगत चार दशकदेखि उत्कृष्ट Confectionary उत्पादन गर्दै आएको Certified कम्पनी सुजल फूड्स प्रालिको लोकप्रिय उत्पादन हो चोकोफन । अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ । Crispy/Crunchy वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट रहेको कम्पनीको दाबी छ ।

यस अभियानले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगका रुपमा स्थापित हुने र उनीहरुको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी पूर्णतः विश्वस्त रहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button