पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गरेको आरोपमा २ युवक पक्राउ

पोखरा । कास्की प्रहरीले पोखरामा सार्वजनिक यातायातका साधन चढ्ने यात्रुहरुमाथि अभद्र व्यवहार गरेको आरोपमा शुक्रबार दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ ब्यास-.१४ घर भइ पोखरा -९ पृथ्वीचोक बस्ने २४ वर्षीय मन्जित महरा रौतहट गौर घर भइ पोखरा १३ मियापाटन बस्ने २४ वर्षीय अमर शाह रहेको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

प्रवक्ता विकका अनुसार पृथ्वीचोक बसपार्कमा सार्वजनिक सवारी साधनमा चढ्ने बेला सर्वसाधरण यात्रुहरुलाई ईच्छा विपरीत जबरजस्ती सवारी साधनमा चढाउन खोज्ने तथा झोला समेत खोसाखोस गरी दु:ख हैरानी दिने गरेको गुनासो आएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button