ट्याक्टरसँग मोटरसाइकल ठोकिदा २५ वर्षीय युवकको मृत्यु

पोखरा । लमजुङको बेसीसहर गैरीधारा नजिकैको सडकमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ ।

ना ४७ प ६४६९ नम्बरको मोटरसाइकल सडकमा रोकेर राखेको ग १ त ३८४२ नम्बरको ट्याक्टरसँग ठोकिदा झापा गौरादह–५, घर भई हाल रानीकुवा बस्दै आएका २५ वर्षीय मनिष श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लमजुङ प्रहरीका अनुसार राति साढे ११ बजेको समयमा दुर्घटना हुँदा सख्त घाइते भएका श्रेष्ठलाई उपचारको लागि लमजुङ अस्पतालमा लगिएकोमा उपचारका क्रममै मृत्यु भएको हो ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button