ट्याक्टर दुर्घटनामा तनहुँ घर भई पोखरा बस्दै आएका सुजनको मृत्यु

पोखरा । कास्कीमा ट्याक्टर दुर्घटनामा परेर एक  युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा तनहुँ घर भई पोखरा १३ कसेरीदाना बस्ने ट्याक्टरका सहचालक २० वर्षीय सुजन नेपाली रहेको कास्की ट्राफिक प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार मादी गाउँपालिकाको ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ग१त ६०६७ नम्बरको ट्याक्टर गएराति दुर्घटना हुँदा गम्भीर घाइते भएका नेपालीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले दुर्घटनापछि ट्याक्टर चालक सोमबहादर कामीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button