पोखरा आउँदै गरेको जीप खोलाले बगायो, यात्रु बेपत्ता

पोखरा ।  बाग्लुङबाट पोखरा आउँदै गरेको ग१ज ६२१३ नम्बरको टाटा सुमो जीप खोलाले बगाउँदा गाडीसहित तीन जना बेपत्ता भएका छन् ।

शनिबार साँझ करिव ६ बजेको पर्वतको कुश्मा स्थित तमादी खोलामा आएको बाढीले जीप बगाउँदा त्यसमा सवार तीन यात्रु बेपत्ता भएका हुन् ।

चालकले हामफालेर ओट लगाउने क्रममा माथिबाट आएको ढुंगामाटोसहितको बाढीले बगाउँदा जीपसहित यात्रु बेपत्ता भएको पर्वत प्रहरी प्रमुख, डिएसपी खुमलाल भुसालले जानकारी दिए ।

चालकले दिएको जानकारी अनुसार जीपमा तीन जना पुरुष यात्रु सवारत रहेको खुलेको भुसालले बताए । उनीहरुमध्ये  एक जना बाग्लुङबाट र दुई जना बीचबाटोबाट चढेका थिए ।  तीनै जनाको हालसम्म परिचय खुल्न सकेको छैन ।

घटनास्थलमा पुगेका स्थानीय र सुरक्षाकर्मीको टोलीले बगाएको जीप  र यात्रुहरुको खोजी कार्य गरिरहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button