पोखरा । बाग्लुङबाट पोखरा आउँदै गरेको टाटा सुमो जीप पर्वत स्थित तमादी खोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको परिचय खुलेको छ । प्रहरीले घटनामा परेका मध्ये एक जनाको शव फेला पारेको छ ।
जीपमा सवार ३ जना मध्ये कास्कीको नौडाँडाका विजय पौडेल र रुपन्देहीका गोपाल बस्नेतको नाम मात्र खुलेको पर्वत प्रहरी प्रमुख, डीएसपी खुमलाल भुसालले जानकारी दिए ।
डीएसपी भुसालका अनुसार बेपता भएकाहरुको खोजी गर्ने क्रममा एक जनाको शव फेला परेकोमा पहिचानको लागि दुई जनाको परिवारलाई डाकिएको छ ।
बेपत्ता भएका अन्य २ जनाको खोजी कार्यमा नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोली लागिरहेको छ ।
मोदीखोला दोभानसम्मको स्थानमा जीपका टुक्रा टुक्रा भेटिएका छन् ।
शनिबार साँझ करिव ६ बजेको पर्वतको कुश्मा स्थित तमादी खोलामा आएको बाढीले ग१ज ६२१३ नम्बरको टाटा सुमो बगाउँदा गाडीसहित तीन वेपत्ता भएका थिए ।
चालकका अनुसार उनी हामफालेर ओड लगाउने क्रममा माथिबाट आएको ढुंगामाटोसहितको बाढीले जीपसहित यात्रु बगाएको हो ।
चालक पोखराको हेम्जाका बसन्तबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution