मुस्ताङको प्रसिद्ध धार्मिकस्थल कागबेनीमा भक्तजनको घुइँचो

मुस्ताङ । मुस्ताङको कागबेनी श्राद्धस्थलमा हजारौको संख्यामा भक्तजनहरूको घुइँचो लागेको छ।

हिमाली जिल्ला मुस्ताङको प्रसिद्ध धार्मिकस्थल वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित कागबेनी श्राद्धस्थलमा सोह्रश्राद्ध अर्थात् पितृपक्षको अन्तिम दिन आज औँसी श्राद्ध गर्न भक्तजनहरूको घुइँचो लागेको हो।

मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाममा पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ती हुने र पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको छ।

कागबेनीलाई धार्मिक ग्रन्थहरुमा भगवानको दैवी शक्ति प्रकट भएको स्थानका रुपमा समेत उल्लेख गरिएको छ । जसका कारण वर्षेनी कागबेनीमा दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्नका लागि देशका ७७ वटै जिल्लाबाट धार्मिक तिर्थालु आउने गर्दछन।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्झिएर सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन हुो सोह्रश्राद्ध अर्थात् पितृपक्षको आज अन्तिम दिन औँसी श्राद्ध गरी यसको समापन गरिँदै छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button