पोखरामा तोरीपानीबाट प्याराग्लाइडिङ उडान पुनः सुरु

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै रोकिएको तोरीपानीबाट पुनः प्याराग्लाइडिङ उडान सुरु भएको छ ।

विमानस्थल सञ्चालनसँगै पोखराको सराङकोट र तोरीपानी उडान क्षेत्र बन्द भएकोमा अध्यन पश्चात एआईपीमा प्रकाशित गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हालै तोरीपानी क्षेत्र खुला गरेको हो ।

क्यानको उक्त निर्णयसंगै आइतबार घटस्थापनाको दिन पारेर पुन : तोरीपानीबाट प्याराग्लाइडिङ उडान सुरु भएको नेपाल हवाई खेलकुद संस्था ‘ना’ का अध्यक्ष सुनिलबहादुर भट्टराईले जानकारी दिए ।

विमानस्थल सञ्चालनमा आउने भएपछि क्यानले दुई क्षेत्रमा उडान प्रतिबन्ध लगाउदै मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान अनुमति दिएको थियो ।

मान्द्रेढुङ्गाबाट नौ महिनासम्म प्याराग्लाइडिङ उडान हुँदा भौगोलिक, वातावरणीय तथा व्यवस्थापनमा हिसावले कठिनाइ व्यहोरेका व्यवसायी पुनःतोरीपानीबाट उडान सुरु भएपछि उत्साहित बनेका छन् ।

अब पोखराको प्याराग्लाइडिङ पुरानै अवस्थामा फर्किने विश्वास उनीहरुको छ । हाल पोखरामा ६२ वटा प्याराग्लाइडिङ कम्पनी र ३९९ जना प्याराग्लाइडिङ पाइलट रहेका छन् ।

पछिल्लोसमय पोखरामा प्याराग्लाइडिङ उडान शुल्क वृद्धि भएको छ । एकपटक टेण्डम उडान गर्दा पर्यटकले १२ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

पोखरामा विमानस्थल सञ्चालनसँगै रोकिएको सोलो (एकल) उडान समेत छिट्टै संचालन गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button