९ करोड लागतमा पोखराको तालबाराही मन्दिर पुनः निर्माण हुँदै

मेयर आचार्यले गरे शिलान्यास

पोखरा । पोखरा स्थित फेवातालको बीच भागमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल ताल बाराही मन्दिर पुनः निर्माण गरिने भएको छ ।

२०७२ सालको भुकम्पबाट क्षति भएको मुख्य मन्दिरसहितका थप संरचना झन्डै ९ करोड रुपैयाँको लागतमा बनाउन लागिएको हो ।

दुई वर्ष भित्रमा पुरानै स्वरुपमा निर्माण सम्पन्न गर्ने गरी मास्टर प्लान बनाएर सुरु गर्न लागिएको योजनाको बिहीबार बिहान एक कार्यक्रममा बीच पोखरा महानगर प्रमुख धनराज आचार्यले शिलान्यास गरे ।

बिक्रम सम्बत १४६७ मा स्थापना भई २०१४ सालमा निर्माण भएको मन्दिरको पुनः निर्माण कार्य पुरातत्त्व बिभागको समन्वयमा हुनेछ ।

प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला रहेको र त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ ।

बाराही देवीको शक्तिले तालको बीचमा टापु बनेको विश्वासले पछि त्यहिँ मन्दिर स्थापना गरिएको इतिहास रहेको छ ।

तालको आगनमा देखिने माछापुच्छ्रेको छायाँ र तालकोको बीच भागको मन्दिर परिसरमा देखिने रमणीय दृश्यले धार्मिक आस्था बोकेका र नबोकेका दुवै थरी पर्यटकलाई तालबाराही मन्दिरले लोभ्याउने गरेको छ ।

तालको किनाराबाट पाँच मिनेटको समयमा डुङ्गा चढेर मन्दिरसम्म पुग्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button