स्याङ्जामा बञ्चरो प्रहार गरी श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका-७ खासाका ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकको हत्या गरेका छन् ।

श्रीमतीको घाँटीमा बञ्चरोले प्रहार गरी हत्या गरेर आफूले पनि आत्महत्या गरेको अवस्थामा दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालयका चापाकोटका इन्स्पेक्टर विन्देश्वर यादवले जानकारी दिए ।

इन्स्पेक्टर यादवका अनुसार पार्वतीको शव कोठा भित्र र देवबहादुरको शव घर नजिकैको रुखमा बुवा झुण्डिएको अवस्थामा भेटिएको हो ।

सोमबार साँझ खाना खाएपछि घरको अर्को कोठामा सुतेकी छोरीले बिहान उठ्दा घटना थाहा पाएपछि छिमेकी गुहारेकी थिइन । लगत्तै स्थानीयले  खबर गरेपश्चात प्रहरी पुगेको थियो ।

प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल पठाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button