महासचिव गुटेरेसको सुरक्षामा खटिएर पोखरा फर्किदै गर्दा असई ढुंगानाको मृत्यु

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका क्रममा सुरक्षाका लागि  खटिएका असई टीकाराम ढुंगानाको मृत्यु भएको छ ।

कार्तिक १२ गते  महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको लेक लागेर बुधबार बिहान मृत्यु भएको हो।

आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुंगाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुंगाना भने हिँडेर पोखरा फर्किने क्रममा लेक लागेको हो ।

मंगलबार राति २ हजार ३ सय ५० मिटर उचाईमा रहेको होटल हिमालयमा बास बस्ने क्रममा असई ढुंगानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

बुधबार हेलिकोप्टरमा पोखराको मणिपाल हस्पिटल ल्याइएका ढुंगानालाई चिकित्सकले  चेकजाँचका क्रममा मृत घोषणा गरेका हुन् ।

घान्द्रुक प्रहरी चौकीका इन्चार्ज रहेका पर्वत मोदी गाउँपालिका–६ का ढुंगानालाई बिहान ९:४६ मा चिकित्सकले मृत घोषणा गरेको जिल्ला कास्की प्रहरी प्रमुख,एसपी मोहनकुमार थापाले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button