खल्तीबाट वर्ल्डलिंकको बिल तिरेका पोखराका अनिशलाई दुबई घुम्ने मौका

पोखरा ।  पोखराका अनिश कुँवरले खल्ती वालेटबाट वर्ल्डलिंकको इन्टरनेटको बिल तिर्दा दुबई टुर जितेका छन् । खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ल्याएको  “खल्तीबाट वर्ल्डलिंकको पेमेन्ट गरेर दुबई घुमौँ रमेर” अफर अन्तर्गत पोखरा – २६, सक्नेरीका कुँवरले लक्की ड्र मार्फत ‘दुबई टुर’ जितेका हुन् ।

”खल्तीबाट पेमेन्ट गर्दा दुबई घुम्न जाने अवसर पाइन्छ भनेर बुझेको चाहिँ थिएँ, तर आफैँलाई परेको भन्दा विश्वास लागेको थिएन” आफ्नो जोडीसहित दुबई घुम्ने अफर पाएपछि उनले भने ।

वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ को अफर दिइएको छ  र हरेक हप्ता खल्तीले लक्की ड्र मार्फत दुई जोडीलाई दुबई टुर दिँदै आएकोमा तेस्रो हप्ताको लक्की ड्र का विजेता पोखरा – २६ सक्नेरीका अनिश कुँवर भएका हुन् ।

यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक  वर्ल्डलिंकको   इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् । यसअन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ ।

विशेष गरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहकलाई यो अफरमा सहभागी गराइएको छ । तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले दुई ओटा भाउचर पाउँछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भाउचर पाउँछन् । खल्तीले ती भौचरमार्फत हरेक साता लक्की ड्र गरी दुई ओटा भौचर छान्ने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button