जुवातास खेलिरहेको अवस्थामा मनाङका आसुनसहित ७ जना पक्राउ

पोखरा  । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ  ।

काठमाडौं महानगरपालिका-१५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका-२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ६ सय रूपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको जनाएको छ  ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button