पोखरामा २४ सय चक्की नाइट्रोभ्याटसहित स्याङ्जाका दुई युवक पक्राउ

पोखरा । पोखरामा प्रहरीले ठूलो मात्रामा लागुऔषध नाईट्रोभ्याट बरामद गरेको छ ।

वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलिले स्याङ्जाका दुई युवालाई झन्डै २४ सय चक्की नाइट्रोभ्याटसहित प्रकाउ गरेको हो ।

स्याङ्जाको वालिङ -५ स्थायी घर भइ पोखरा-७ माछापुच्छ्रे मार्ग बस्ने २३ वर्षीय किशोर गुरुङको  कोठा खानतलासी गर्दा दुई हजार ३४० चक्की लागूऔषध नाइट्रोभ्याट फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

यस्तै, स्याङ्जाको आधिखोला -५ स्थायी घर भइ पोखरा १७ बरालफिट बस्ने २४ वर्षीय सुनिल पौडेलको साथबाट  प्रहरीले ५३ चक्की लागूऔषध नाइट्रोभ्याट बरामद गरेको छ । पोखरा १७ हरियाली टोलमा शंकास्पद अवस्थामा हिडिरहेका पौडेललाई खानतलासी गर्दा उक्त संख्यामा लागूऔषध बरामद भएको प्रहरीले उल्लेख गरेको छ  ।

उनीहरु दुवैलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागूऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button