पोखरामा प्याराग्लाइडिङ पाइलटहरुको मापसे जाँच

पोखरा । कास्की प्रहरीले पोखरामा प्याराग्लाइडिङ पाइलटहरुमा मापसे जाँच गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामको नेतृत्वमा बिहीबार पोखरा -२३ पामे स्थित प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा पाइलटहरुमा  मापसे जाँच भएको हो।

प्याराग्लाइडिङ पाइलटहरूलाई सचेत गराउने र सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्ने उधेश्यका साथ मापसे जाँच र सुरक्षात्मक अन्तरक्रिया गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

चेकजाँचका क्रममा पाइलटहरूमा सुरक्षा संवेदनशीलता भेटिएको र कोही कसैले पनि मापसे गरेको नभेटिएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार चेकजाँचपछि प्याराग्लाइडिङ पाइलटहरूसँग  सुरक्षात्मक अन्तरक्रिया समेत गरिएको थियो  ।

प्रहरीले यसअघि पोखरामा तालका डुंगा चालकहरुमा पनि मापसे जाँच गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button