जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प : निधन हुनेको संख्या १३० नाघ्यो

१८ कार्तिक । शुक्रबार राती गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन् । सबै घाइतेको उपचार भईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भुकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । आवाश्यक स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा पुगेका हुन् ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भूकम्प प्रभावितको उद्धार, खोज तथा राहतका लागि प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभावित क्षेत्र पुगेको जानकारी दिएका छन् ।

जाजरकोट र रुकुम पश्चिममा मध्यराति भूकम्प गएका कारण ठूलो धनजनको  क्षति भएको हो। गएराति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button