पोखरामा मोबाइल चोरी गर्ने युवक जेल चलान

पोखरा । पोखरामा रेडमीको एक थान मोबाइल चोरी गर्ने एक युवक जेल चलान भएका छन् ।

जरिवानाको रकम तिर्न नसकेपछि अन्नपुर्ण गाउपालिका -०७ घर भइ पोखरा महानगरपालिका -०९ बस्ने २३ वर्षीय दिपेश श्रेष्ठ जेल चलान भएका हुन् ।

नयाबजार स्थित एक पसलबाट मोबाइल चोरी गरेको कसुरमा जिल्ला अदालत कास्कीले श्रेष्ठलाई शुक्रबार एक हजार ७२० रुपैंयाँ बिगो, दुई हजार रुपैंयाँ जरिवाना र २२ दिन कैद फैसला गरेको हो  ।

अनुसन्धानको क्रममा प्रहरी हिरासतमा २२ दिन बसेको समय  कट्टा भएपनि जरिवाना बापतको रकम दाखिला गर्न नसक्दा उनी जेल चलान भएका हुन् ।

अदालतले जरिवाना रकम दुई हजारको दिनको तीन सयका दरले कट्टा हुने गरी थप ७ दिन थुनामा राख्न आदेश दिएको हो ।

मोवाइल चोरी भएको भनि परेको जाहेरी उपर अनुसन्धान गर्ने क्रममा गत असोज २५ गते चोरीको मोबाइलसहित श्रेष्ठ पक्राउ परेका थिए  वडा प्रहरी कार्यालय बैदामका डिएसपी, डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी,  राजेन्द्र श्रेष्ठका अनुसार प्रहरीले शुक्रबार नै श्रेष्ठलाई कास्की जिल्ला अदालतमा अभियोग पत्रसाथ पेश गरेको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button