पोखरामा सहकारीबाट सिसि क्यामरासहित पैसा चोरी गर्ने व्यक्ति पक्राउ

पोखरा । कास्की प्रहरीले सहकारी संस्थामा चोरी गरेको आरोपमा एक युवकलाइ पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा २१ स्थित नमुना बहुउद्देश्यीय सहकारीमा चोरी गरेको आरोपमा माछापुच्छ्रे गाउपालिका -४ लाचोकका  ४० वर्षीय सुर्य बहादुर केसिलाई पक्राउ गरेको हो ।

केसिले कार्तिक २ गते रातको समयमा सहकारीको मुख्य ढोका फोरेर सहकारीको घर्रामा रहेको नगद ६० हजार, डेल कम्पनीको दुई वटा मनिटर र दुई वटा सिसि क्यामेरा चोरी गरेको पाइएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी, राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

केसिलाई पक्राउ गरी चोरी तथा डांका मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button