पोखरामा मोटरसाइकल वर्कशपमा आगो लगाउने व्यक्ति पक्राउ

पोखरा । पोखरामा मोटरसाइकल वर्कशपमा आगो लगाउने एक व्यक्ति पक्राउ परेका छन् ।

पोखरा १७ नागेश्वर मार्गमा अर्जुन बैठाले संचालन गरेको सि.पि. वर्कशपमा आगो लगाएर भाग्ने पोखरा २१ कृष्तीका  ३६ वर्षीय आनन्द थापा पक्राउ परेको प्रहरीले जनाएको छ ।

कार्तिक ७ गते बिहान २:५० बजेको समयमा आगो लगाएर भागेका थापालाई उनकै निवासबाट पक्राउ गरिएको    वडा प्रहरी कार्यालय बैदामका डिएसपी, राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार सिसि क्यामेरा फुटेजबाट देखिएको हुलियाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

थापालाई आपराधिक उपर्धो मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button