पोखराका दीपकले क्यानडामा जिते नेपाली १ करोड रुपैयाँ

पोखरा ।  पोखराका दीपक अधिकारीले क्यानडामा  १ लाख डलरको चिट्ठा जितेका छन् ।

अधिकारीले ‘सिक्स फोर्टी नाइन’ चिट्ठामा उक्त डलर बराबर नेपाली  ९७ लाख रुपैयाँ  जितेका हुन् ।

झन्डै दुई वर्षदेखि  पोखरा छाडेर  क्यानडा बस्दै आएका उनले नियमित रूपमा चिट्ठा टिकट किन्ने गरेका थिए ।  उनले एक महिना अघि  ब्रापम्टनको  कन्भिनियन्स स्टोरबाट चिट्ठा किनेका थिए ।

पोखरामा ट्रेकिंङ् व्यवसायमा आबद्ध  रहेका उनी  टान पोखराको अध्यक्ष समेत भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button