पोखरामा जुवातास खेल्ने ६ जना नगदसहित पक्राउ

पोखरा। पोखरामा जुवातास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा -४ मानवअधिकार चोकस्थित यम बहादुर गुरुङले संचालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेल्ने ६ जना  नगदसहित पक्राउ परेको कास्की प्रहरीले जानकारी दिएको छ ।

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा संचालक पोखरा – १५ रामबजार बस्ने वर्ष ३२ को यम बहादुर गुरुङ , पोखरा -१० फुलबारी बस्ने वर्ष ३५ को भोज बहादुर गुरुङ, पोखरा -१० रामबजार बस्ने वर्ष ३२ को गुमान गुरुङ, पोखरा -१ बगर बस्ने वर्ष ४८ को ज्योतिन्द्र बिक, पोखरा -१५ फलेपाटन बस्ने वर्ष ५० को बम बहादुर पुन र पोखरा -१७ घारीपाटन बस्ने वर्ष ४० की शान्ती गुरुङ रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ४६ हजार ९ सय ७५ रुपैया र १ सय ६० पत्ती तास बरामद गरेको उल्लेख गरेको छ ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button