
पोखरा । पोखरामा नबिल बैकको एटिएम फोडेको आरोपमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सैलुन संचालक समेत रहेका भारत मोतीहारी पंचायत ग्रामका २० वर्षीय बबि ठाकुर रहेको कास्की प्रहरीले जनाएको छ ।
पोखराको सभागृहचोकमा रहेको बैकको एटिएम फोडीरहेको अवस्थामा नयाँबजारमा बबि ठाकुर सैलुन संचालन गर्दै आएका ठाकुर पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
डिएसपी श्रेष्ठका अनुसार ठाकुरलाई मेशिन तोडफोड गर्दै गरेको अबस्थामा रातको पौने एक बजे पक्राउ गरिएको हो ।
पक्राउ परेका ठाकुरलाइ चोरी उद्योग मुद्दामा अदालतबाट म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।