पोखराको लेकसाइड २४ घण्टा खोल्न दिन उच्च अदालतको आदेश

पोखरा । उच्च अदालत पोखराले लेकसाइड क्षेत्र चौबिसै घण्टा खुला राख्न अन्तरिम आदेश गरेको छ ।

देवीकुमारी बरालको रिट निवेदनमा कायम मुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले व्यापार व्यवसाय चौबिसै घण्टा खोल्न आदेश दिएको हो ।

उच्च अदालतले गृह प्रशासन सुधार कार्ययोजना अनुसार कानुन विपरीतको कार्य भएको अवस्थामा बाहेक व्यापार व्यवसाय गर्न नरोक्न भनेको हो ।

ठमेल, दरबारमार्ग, पोखराको लेकसाइड जस्ता पर्यटकको अवागमन बढी हुने क्षेत्रहरूमा २४ घन्टा बजार खुला रहने गरी आवश्यक सुरक्षाको प्रबन्ध गरिने कुरा गृह प्रशासन सुधार कार्ययोजनामा उल्लेख छ ।

अदालतले यस विषयमा सरकारसँग लिखित जवाफ समेत माग गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button