पोखरा महानगरलाई फिर्केका संरचना हटाउन रोक, उच्च अदालतले दियो अन्तरिम आदेश

पोखरा ।  उच्च अदालत पोखराले पोखरा महानगरले फिर्केका संरचना हटाउन निकालेको ३५ दिने सूचनालाई रोकिदिएको छ ।

शुक्रबार न्यायाधीश मिलन राईको एकल इजलासले फिर्केखोलाको खोलाघर भित्रका बनेका संरचना हटाउन पोखरा महानगरले निकालेको  सूचनाकोतत्काल  कार्यान्वयन नगर्नू/नगराउनू तथा कारण देखाउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।

फिर्के तमु समाजसमेतले दायर गरेको उत्प्रेषण परमादेश रिटमा निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल, अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए ।

विभिन्न संघसंस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिका समेत ५ जनालाई विपक्षी बनाइएको थियो ।

पोखरा महानगरपालिका वडा २, ४, ५, ६, ७, ८, १७ र १८ अन्तर्गत फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरु पूर्णरुपमा हटाउन महानगरले सूचना निकालेको थियो ।

महानगरको प्रतिवेदनअनुसार  फिर्केखोलाको खोला भित्र १ सय ६० संरचना बनेका छन् । तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button