ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा सुनको भाउ आज पनि ह्वात्तै बढेको छ ।

सुनको भाउ आज एकै दिनमा एक हजार ६०० रुपैयाँले बढेर एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि मंगलबार ३०० रुपैयाँले बढेर एक लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर एकलाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन तोलामा एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button