पाल्पाली बहुउद्देश्यीय सहकारीका सदस्यलाई मणिपालमा विशेष छुट

पोखरा । पोखरास्थित मणिपाल शिक्षण अस्पताल र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाबीच मंगलबार सम्झौता भएको छ । दुई संस्थाबीच स्वास्थ्य परीक्षण सुविधा योजनामा सम्झौता भएको हो ।

मणिपालले व्यावसायिक प्रतिष्ठान तथा संघ-संस्था स्वास्थ्य परीक्षण योजना ल्याएकोमा यसको उपयोग पाल्पाली बहुउद्देश्यीय सहकारीले पनि गर्नेगरि सम्झौता गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुविलले जानकारी दिए ।

सहमतिअनुसार सहकारीका सेयर सदस्य, साधारण सदस्य तथा कर्मचारीले संस्थाको परिचयपत्र आधारमा मणिपालमा स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा विशेष छुट प्राप्त गर्न सक्ने सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।

सम्झौता कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष कुलप्रसाद घिमिरे, उपाध्यक्ष बाबुराम खनाल र सचिव रेशम रचक, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठसमेत सहभागी थिए ।

यसैबीच सहकारीको पाचौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन मंसिर १६ गते शनिबार हुँदैछ ।

सञ्चालक समितिका सचिव रेशमराज थापाका अनुसार कार्यक्रम शनिबार बिहान ९:३० बजे न्यूरोडस्थित पाल्पा हाउसको रानीमहल रेष्टुरेन्टको सभाहलमा हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button