मित्रमिलन सहकारीका बचतकर्तालाई प्रमाणसहित उजुरी गर्न कास्की प्रहरीको आग्रह

  • पोखरा न्यूज
  • २०८० मंसिर १९
मित्रमिलन सहकारीका बचतकर्तालाई प्रमाणसहित उजुरी गर्न कास्की प्रहरीको आग्रह

पोखरा । पोखरास्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई सञ्चालक विरुद्ध उजुरी दिन कास्की प्रहरीले आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक सूचना प्रकाशित गर्दै यस्तो आह्वान गरेको हो । उजुरी दिन सकिने अन्तिम मिति यहि मंसिर २७ गतेसम्म तोकिएको छ ।

सहकारीबाट बचत फिर्ता पाउनुपर्ने पीडितले सहकारीमा रकम जम्मा गरेको आधार देखिने भौचर, पासबुक, स्टेटमेन्ट, मद्धति प्रमाणपत्र लगायतका प्रमाण र आफ्नो नागरिकता लिएर जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर उजुरी दिन सकिने प्रहरीले जनाएको छ ।

सहकारीबाट झण्डै २२ करोड रुपैयाँ भन्दा बढी रकम बचतकर्ताले फिर्ता पाउनुपर्ने अनुमान गरिएको छ ।

करिब २७ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष र प्रवन्धक प्रहरी हिरासतमा छन् भने वडाध्यक्षसहित केही विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस