पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पशुपंक्षी सम्बन्धी मुद्धामा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका वडा नं. १ गरगाँउटारका वर्ष २६ का दीपक विक रहेका छन् ।
कास्की प्रहरीका अनुसार पशुपंक्षी सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीले गत जेठ २ गते १० महिना १७ दिन जेल सजाय र चार हजार रुपैयाँ जरीवाना गर्ने फैसला गरेको थियो ।
सोही फैसलापछि उनी फरार थिए । उनलाई सोमबार ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution