पोखरामा स्वर सम्राटको सम्झना, दर्जन बढी गीत गुञ्जिए

पोखरा । पोखरामा स्वर सम्राट नारायण गोपालको ३३औं स्मृति दिवस मनाइएको छ । पोखरेली कलाकारहरुले जोजिजु म्युजिक स्कूल रानीपौवामा एक कार्यक्रम आयोजना गरि स्वरसम्राटको सम्झना गरेका हुन् ।

सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखरा नेपालको आयोजना, जोजिजु म्युजिक सेन्टर संयोजन तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम भएको हो । उक्त अवसरमा कलाकारहरुले स्वर सम्राटका गीत गाएर, संगीत धुन बजाएका थिए ।

कार्यक्रममा नवराज बराल-सबिना सुनाम, पिङ्गला भट्टले तिमी देउ या नदेउ र सिरिमा सिरी, बिनित जोजिजुले बिर्सेर फेरी मलाई नहेर, लक्ष्मी गिरीले मेरो आँखालाई राख्ने गीत गाएका थिए ।

यस्तै, बिनोद राइले झरेको पात झैँ, प्रदिप सारु मगरले मेरो गीत मेरो प्रतिबिम्ब, एमडि काफ्लेले तिम्रो जस्तो मुटु, जय चापागाईंले केही मीठो बात गर, सबिना सुनामले अल्झेछ क्यारे पछ्यौरी, अर्जुन नकर्मीले तिम्रो जस्तो मुटु, नबिन छन्त्यालले यति चोखो यति मिठो, नवीन थापाले केही मिठो बात गर गीत उक्त अवसरमा गाएका थिए । यसैगरि रोशन गुरुङले सानै हुरीमा, गौरव थापाले मलाई नसोध गीत गाएका थिए ।

यति धेरै माया दिइ उत्प्रेम जोजिजुले मलाई नसोध कहाँ दुख्छ घाउ विशेष प्रस्तुति, बाद्यबादनमार्फत सानु जोजिजुले भोइलिनबाट यति धेरै माया दिइ गीतको धुन प्रस्तुति दिएकी थिइन् ।

बाद्यबादक हार्मोनियममा नवराज बराल, पप्पु थापा मगर, तबलामा मिलन गिरी, गितारमा उत्प्रेम जोजिजु, बेस गितारमा अनुपम, क्याजोनमा जय चापागाईंले साथ दिएका थिए ।

कार्यक्रममा प्रतिष्ठान पोखरा नेपालका उपाध्यक्ष अभिमन्यू बिक्रम राणाले स्वागत र हिमा श्रेष्ठले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रतिष्ठानका अध्यक्ष नवराज बरालको अध्यक्षता भएको कार्यक्रमलाई प्रतिष्ठानका सचिव सानु जोजिजुले व्यवस्थापन गरेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button