
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित छोरेपाटन माविमा स्थापना भएको भूपू विद्यार्थी मञ्चको पुनर्गठन गरिएको छ । बिहीबार विद्यालयमा आयोजित भूपू विद्यार्थीको एक भेलाले मञ्च पुनर्गठन गरिएको हो ।
भेलाले कृष्ण रानाभाटको संयोजकत्वमा मञ्च पुनर्गठन गरेको हो । मञ्चको सदस्यमा हिमलाल उपाध्याय, गणेश घर्ती क्षेत्री, गुरुप्रसाद ढकाल, विनम गुरुङ, कृष्ण प्रसाद पोखरेल, शालिकराम भण्डारी, ज्योती हमाल र शिव न्यौपाने छन् ।
समितिले शुक्रबारसम्म मञ्चको कानूनी स्थिति खोज गरी विधिवत् सञ्चालनका लागि गर्नुपर्ने कार्यहरु गर्ने संयोजक कृष्ण रानाभाटले बताए ।
भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुसाल, शिक्षक उपेन्द्रराज पोख्रेल, छविलाल पनेरु, राजेन्द्र गुरुङ, देवराज आचार्य, विजयराज आचार्य, जयश्वर पौडेल, एकराज बराल, नवराज बराल लगायतले मञ्चलाई सक्रिय बनाउनुपर्ने बताएका थिए ।
विद्यालयका सहप्रधानाध्यापक तथा पूर्व विद्यार्थी खेमराज बराल (ध्रुव) को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी पत्रकार कृष्ण रानाभाटले गरेका थिए ।





