सवारी दुर्घटनामा दुई जनाको मृत्यु, तीन घाइते

चितवन । जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका-२८ का ४८ वर्षीय रणबहादुर बानियाँ र पैदलयात्री भरतपुर महानगरपालिका-१९ कि ३५ वर्षीया सरस्वती गुरुङको दुर्घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार भरतपुर महानगरपालिका-१८ गुञ्जनगरमा भीमनगरबाट वडा कार्यालयतर्फ जाँदै गरेको ना ५१ प ६४९२ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा सरस्वती गुरुङको मृत्यु भएको हो ।

उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

सो दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१८ का ३० वर्षीय आइतसिंह घर्ती र पछाडी सवार निजको श्रीमती वर्ष २६ की सुशीला घर्ती घाइते भएका छन् । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै बिहीबार भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२८ अन्द्रौलिमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार रणबहादुर बानियाँको मृत्यु भएको हो ।

गोलाघाटबाट मेघौलीतर्फ आउँदै गरेको बा प्र-०६-०१प ३४७६ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२७ का २७ वर्षीय राजन मल्ल घाइते भएका छन् छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button