पोखराको घार्मीमा बाला चतुर्दशी पर्व मनाइँदै

पोखरा । पोखराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल घार्मीमा बाला चतुर्दशी पर्व मनाइने भएको छ ।

घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा यस वर्ष पनि यहि मंसिर २५ गते सोमबारका दिन बाला चतुर्दशी पर्व मनाउने र शतबीज छर्ने तयारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज पौडेलले जानकारी दिए ।

पर्वलाई लक्षित गरि मन्दिरमा रंगरोगन गर्ने तथा परिसर सरसफाई गर्ने कार्य सम्पन्न गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए ।

स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरि फूलको डोली निकालिने र उक्त डोली विभिन्न भागमा परिक्रमा गरेर मन्दिर परिसरमा पुर्याउने र दिनभर बाजा गाजासहित भजन कीर्तन गर्ने तयारी भइरहेको बताइएको छ ।

घार्मीमा शतबीज छर्न त्यस क्षेत्रसहित आसपासका अर्मला, कुरेचौर, हरिपाउ, पुरून्चौर, हेम्जा, लामाचौर, बाटुलेचौर लगायतका क्षेत्रबाट श्रद्धालुहरू त्यहाँ पुग्ने गरेको स्थानीय नमराज पौडेलले जानकारी दिए ।

पछिल्लो समय विभिन्न व्यक्ति र संघ-संस्थाहरुको सहयोगले मन्दिरलाई व्यवस्थित बनाइएको र बिहान बेलुका नियमित रुपमा पूजाआजा गरिन्छ ।

पोखराको दृश्यसहित मनोरम अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्य हेर्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् ।

मन्दिर स्थापनादेखि नै बाला चतुर्दशी पर्व तथा शिवरात्री पर्व विशेषरूपमा मनाउने गरिएको छ ।

शुद्ध भई चोखोनितो गरि त्यस दिन सद्वविज छर्नाले पितृहरूको उद्धार हुने भनाई रहेको पाइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button