पोखराका पत्रकार वासुदेव पौडेल सम्मानित

पोखरा । पोखराका पत्रकार वासुदेव पौडेललाई नगदसहित सम्मानित भएका छन् ।

नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पौडेललाई नगद रु २५ हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

गण्डकी प्रदेश सरकारका अर्थ मामिलामन्त्री जीतप्रसाद आलेले प्रमुख पौडेललाई सम्मानित गरेका हुन् ।

मन्त्री आलेले पत्रकारितामार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग गरेकामा पत्रकार पौडेललाई बधाई ज्ञापन गरे ।

पत्रकार पौडेल राष्ट्रिय समाचार समिति गण्डकी प्रदेश कार्यालयका प्रमुख हुन् । उनले यसअघि दर्जनौं पुरस्कार तथा सम्मानबाट सम्मानित भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button