पोखराका १५ सामुदायिक विद्यालयबीच असल अभ्यास आदान-प्रदान

  • पोखरा न्यूज
  • २०८० मंसिर २३
पोखराका १५ सामुदायिक विद्यालयबीच असल अभ्यास आदान-प्रदान

पोखरा । पोखराका १५ वटा सामुदायिक विद्यालयबीच असल अभ्यास आदानप्रदान गरिएको छ ।

सामुदायिक विद्यालय कलस्टरको आयोजना तथा विन्ध्यवासिनी माध्यमिक विद्यालयको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

कार्यक्रममा १५ सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुद्वारा आआफ्नै विद्यालयमा गरिएका असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गरेका थिए ।

यस्तै, सामुदायिक विद्यालय क्लस्टरका संयोजक तथा ईन्द्रराज्य माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद अम्गाईले कार्यक्रम माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा विन्ध्यवसिनी, शीतलादेवी माध्यमिक विद्यालय, ईन्द्रराज्यलक्ष्मी, बालमन्दिर, महेन्द्र, सिद्ध, कालिका, तालबाराही, बाराही, शुक्रराज बलभद्र, जनप्रिय, नवप्रभात, छोरेपाटन, भद्रकाली लगायत विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, सहायक प्रधानाध्यापकका साथै शिक्षक अभिभावक संघका अध्यक्ष सहभागी थिए ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको प्रमुख आतिथ्यता, विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यको अध्यक्षता र तालबाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक तारा पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस