सवारी दुर्घटनामा परी शिक्षकको मृत्यु

  • पोखरा न्यूज
  • २०८० मंसिर २४
सवारी दुर्घटनामा परी शिक्षकको मृत्यु

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ ।

माडी नगरपालिकाको बरुवास्थित चिताई खोलाको पुलमा शनिबार साँझ लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सुर्खेतको सिन्ता गाउँपालिका वडा नं. ३ आग्रीगाउँ निवासी माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयका शिक्षक बेगबहादुर खत्री रहेका छन् ।

दुघृटनामा गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ ।

दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् । मोटरसाइकलमा सवार सोही विद्यालयका लेखापाल सूर्य अधिकारी र शिक्षक भुवानी पौडेल घाइते भएका छन् ।

गम्भीर घाइते भएका अधिकारीलाई थप उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ भने पौडेलको अहिले बगौडा अस्पतालमा उपचार भइरहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस