पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशकी मन्त्री सरस्वती अर्याल तिवारीले महिलाहरु आफै जागरुक भएर अगाडि बढ्नुपर्ने बताएकी छन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार नेपाल महिला संघ कास्कीले महिलाका लागि अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् । पालो पर्खेर बस्ने भन्दा पनि अधिकारकार लागि महिलाहरु नै अग्रसर हुनुपर्नेमा उनले जोड दिइन् ।
नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालले जिल्ला नेतृत्व महिला अधिकारका बारेमा सचेत रहेको भन्दै हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आफू प्रयत्नरत रहने बताए ।
कार्यक्रममा नेविसंघ जिल्ला सभापति गौरव बरालले पनि बोलेका थिए ।
कानुनी सचेतनाका बारेमा सहजीकरण गर्दै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले महिला अधिकार र त्यसका बारेमा बनेका कानुन, तिनको प्रयोग र व्यवहारका बारेमा जानकारी गराए ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले डिजिटल लिट्रेसी, भ्रामक र मिथ्या सूचनाका साथै कुप्रचारका बारेमा सहजीकरण गरिन् ।
महिला संघ कास्की सभापति मीना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति ईन्द्रमाया बानियाले स्वागत र महिला संघ कास्की प्रवक्ता अम्बिका ढकालले धन्यवाद् व्यक्त गरेको सचिव रामकुमारी पौडेलले बताइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution