
पोखरा । नदीजन्य सामाग्री अवैधरुपमा दोहन गरेको आरोपमा आज नियन्त्रणमा लिइएका सवारीमध्ये एउटालाई १५ हजार जरिवाना तिराएर छाडिएको छ । नियन्त्रणमा लिइएका ५५ वटा सवारीलाई भने आन्तरिक राजस्व कार्यालय पठाइएको छ ।
पोखरा महानगर श्रोतका अनुसार एउटा सवारीसँग मात्र महानगरको मापदण्ड अनुसारका कागजात नभएको पाइए त्यो सवारीलाई १५ हजार रुपैयाँ जरिवाना गराइएको हो ।
अन्य ५५ वटा सवारीसँग भने मापदण्ड अनुसारको कागजात भएको पाइएपछि उक्त कागजातको आधिकारिता जाँचबुझका लागि आन्तरिक राजस्व कार्यालय पठाइएको बताइएको छ ।
अवैधरुपमा प्राकृतिक स्रोत दोहन भएको जानकारी पाएपछि महानगरले आज मापदण्डबारे सूचना जारी गरेको छ । महानगरले तोकेको मापदण्ड कार्यान्वयन नगर्नेलाई आर्थिक ऐन बमोजिम कार्वाही हुने बताइन्छ ।





