
पोखरा । पोखराको प्रदर्शनी केन्द्रमा ३२औं राष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर २१ गतेदेखि महोत्सव सुरु भएको थियो ।
महोत्सव अन्तर्गत आज बिहीबारको विशेष आकर्षणमा चर्चित एवं वरिष्ठ लोकदोहोरी गायक राजु परियार रहेका छन् । उनले आज मेलामा सहभागी भएर विभिन्न गीतहरु प्रस्तुत गर्नेछन् ।
गायक परियारलाई केशव देवकोटा र सरस्वती लामिछानेले पनि साथ दिनेछन् ।
संघका अध्यक्ष पवन प्रजापतिका अनुसार आज पोखरेली हास्य कलाकार राजेन्द्र नेपाली र युवराज भण्डारीले दर्शकलाई हँसाउनेछन् ।





