तनहुँ : बालिका करणी गर्नेलाई जन्मकैद, रु ६ लाख जरिवाना

दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका-१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो ।
साथै निजलाई रु छ लाख जरिवाना र रु २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ ।

निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो ।

प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button