टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर । टिपरको ठक्करबाट मध्यपुरथिमि नगरपालिका-२ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि स्कुटर चालकको मृत्यु भएको छ ।

बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई आज विपरीत दिशाबाट आउँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-१० घर भई हाल मध्यपुरथिमि–३ गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

प्रहरीले टिपर चालक धादिङ थाक्रे गाउँपालिका-७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button