पोखरा । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा उच्च गिरावट आएको छ । सुनको मूल्य आज एकै दिन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ ।
गत साताको शुक्रबारको तुलनामा आज सुनको मूल्य एक हजार ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ र
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ कायम छ ।
यस्तै, तेजाबी सुनको मूल्य १ लाख १७ हजार २५० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार १०० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य १४ सय ५५ रुपैयाँ कायम भएको छ ।
गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ७० रुपैयाँ कायम थियो । यो १५ रुपैयाँको गिरावट हो ।





