पोखरा । धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) ब्रोकर नं ३९ (सुमेरु सेक्युरिटिज प्रा.लि) ले पोखराको सृजनाचोकमा नयाँ शाखा शुरु गरेको छ । योसँगै पोखरामा सेयर कारोबार गर्ने ब्रोकरको संख्या ११ पुगेको छ ।
यसअघि पोखरामा १० वटा ब्रोकरहरुले आफ्नो सेवा दिँदै आएका थिए । नेपाल धितोपत्र बोर्डले ब्रोकर विस्तार फुकुवा गरेसँगै यस वर्ष मात्रै पोखरामा ४ वटा ब्रोकर शाखा थपिएका छन् ।
त्यसअघि लामो समयसम्म ७ वटा ब्रोकरहरुले पोखरामा सेवा दिँदै आएका थिए । २०६६ सालमा ब्रोकर नं १४ (नेपाल स्टक हाउस) ले पोखरामा पहिलो शाखाको रुपमा कारोवार शुरु गरेको थियो ।
पोखरामा पुराना ७ वटा ब्रोकरका करिब १ लाख ५ हजारको संख्यामा सेवाग्राहीहरुले सेयर कारोवारको लागि डिम्याट खाता खोलेका ब्रोकर नं ३५ (कुहिनुर इन्भेष्टमेन्ट) शाखा व्यवस्थापक खेमराज भाट बताउँछन् ।
यसै वर्षबाट कारोवार शुरु गरेका थप ३ वटा ब्रोकरहरुले पनि ६ हजारको संख्यामा सेवाग्राही बनाईसकेको बताइन्छ । देशभर ६० लाख डिम्याट खातावाल रहेकोमा पोखरामा करिब १ लाख १० हजार जना रहेको बताइन्छ ।
सुमेरु सेक्युरिटिज ब्रोकर नं ३९ को शाखा उद्घाटन गर्दै पूर्व उद्योगमन्त्री महेश बस्नेतले देशको अर्थतन्त्र ठिक ठाउँमा ल्याउन सेयर बजारको भूमिका ठूलो रहने बताए ।
उनले भने, ‘सेयर कारोबार गराउने ब्रोकरले नयाँ सेयर कारोबारीलाई परामर्श पनि दिनु आवश्यक छ, यसो हुँदा ब्रोकरको पनि लोकप्रियता बढ्ने र लगानीकर्ताले पनि नाफा कमाउन सक्छन् ।’
उनले सेयर कारोबारी बढे सरकारलाई राजस्व पनि बढ्ने बताए । उनले भने ‘देशको विकासको लागि अर्थतन्त्र बलियो हुनपर्यो, अर्थतन्त्र बलियो हुन सेयर बजारको भूमिका महत्वपूर्ण हुन्छ, यसले परनिर्भरतालाई घटाउँछ, त्यसैले सेयर बजार अर्थतन्त्रको ऐना हो ।’
ब्रोकर नं ३९ का संस्थापक अध्यक्ष प्रेमकुमार अग्रवालले सेयर बजार भनेको जोखिममा काम गर्नुपर्ने भएकाले बुझेर लगानी गर्नुपर्ने बताए । उनले सेयर बजार सरकारलाई राजस्वको ठूलो स्रोत भएकाले बजारको दायरा बढाउँदै लगिनु पर्ने बताए ।
अग्रवालको अध्यतामा भएको कार्यक्रममा चरक मेमोरियल अस्पतालका अध्यक्ष कपिल पोखरेल, सेयर लगानीकर्ता मीननाथ कुँवर लगायतले सेयर बजारमा ‘रिक्स र रिवार्ड’ बारेका चर्चा गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution