पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा २०औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता जारी दोश्रो दिन जारी रहेको छ ।
प्रतियोगितामा ओपन मेन्स सिंगल्सतर्फ नेपालका नं. १ वरीयता खेलाडी प्रदिप खड्काले आफ्नो दोश्रो जित निकालेका छन् । प्रदिपले दर्शिल श्रेष्ठलाई सोझो सेटमा पराजित गरेका हुन् । सम्यक बज्राचार्यले आरभ सम्राट हाडालाई पाखा लगाउँदा प्रणव मानन्धरले निहाल जङ्गबहादुर थापालाई र अभिनन्सु ठाकुरले राजविर प्रधानलाई पराजित गरे ।
मेन्स डबल्सतर्फ प्रणब मानन्धर र राजविर प्रधानको जोडीले ज्वेल राणा र दर्शिल श्रेष्ठको जोडी माथि जित निकाल्दा संरक्षक र सम्यक बज्रचार्यको जोडीले साश्वत र सृजन भट्टराईको जोडीलाई, आर्यन गिरी र आरभ सम्राट हाडाको जोडीले सक्षम र प्रितम परियारको जोडीलाई, आशिष र सौगातको जोडीले मिनबहादुर र कुशलको जोडी माथि जित दर्ता गरेका छन् ।
अभिनन्सु ठाकुर र सिद्धान्तको जोडीले निशाद र देवाशिस रियुलको जोडीलाई सोझो सेटमा तथा गोविन्द र युगेन शेर्पाको जोडीले आयुष्मान र शक्तिको जोडीलाई हराएका हुन् ।
३५ वर्ष माथिको सिंगल्समा भने जितेन्द्र परियारले नविन श्रेष्ठलाई, सञ्जय श्रेष्ठले नवराज शर्मालाई, दावा सोनाम शेर्पाले अमित गुरुङलाई र सन्तोष खत्रीले व्रिजेश लाकोलाई सोझो सेटमा पराजित गरे ।
३५ वर्ष माथिको डबल्समा राज र विकासको जोडीले भिष्मराज र नवराजको जोडी माथि संघर्षपूर्ण जित निकालेको छ ।
यसैगरि अनिल र सिमान्तको जोडीले दुर्गा केसी र सुकमानको जोडीमाथि, कमल भण्डारी र अमित गुरुङले प्रकाशराज वाग्ले र लक्ष्मण तामाङको जोडीलाई पराजित गरे ।
४५ वर्षमाथि सिंगल्समा विकासले रामबहादुरलाई सोझो सेटमा पराजित गर्दा, विष्णु चापागाईले बुद्धि गुरुङलाई वाक आउट दिए । प्रदिप शाहले सुकमान तामाङलाई, माधवले थमलाई, निमबहादुरले प्रतापलाई, अमृतले बलरामलाई, उत्तमले मनिषलाई सोझो सेटमा पराजित गरे ।
यसैगरी ४५ वर्ष उमेर सूुहको डबल्समा हिमाल र सुदर्शनको जोडीले शुक्र र विरेन्द्रको जोडीलाई, मछिन्द्र थापा र विपिनको जोडीले किम र तेज लीको जोडीलाई पराजित गरे । राज गुरुङ र केवी तामाङको जोडीले मनोज नेपाल र विष्णु चापागाईको जोडीलाई जित्दै आफ्नो यात्रा अघि बढाएका छन् ।
यस्तै, रोहित र इव्राहिमको जोडीले मछिन्द्र र विपिनको जोडीलाई, आशिष र निमाको जोडीले विरेन्द्र लामा र सूर्य भुजेलको जोडीलाई पाखा लगाए भने कृष्ण र सुवर्णको जोडीले राम विक र मनोज बस्नेतको जोडीमाथि जित निकाल्दा र धरम सिंह लामिछाने र गोपी भट्टराईको जोडीले करिम र सोम लालचनको जोडी माथि जित निकालेका छन् ।
५५ वर्ष माथि सिंगल्समा ऋषिराम पञ्डितले पेम्वा तासीलाई वाक आउट दिएका छन् भने राम रानाले जाङवो शेर्पालाई पराजित गरे । हर्कबहादुर गुरुङले सुरेन्द्र माकाजुलाई हराउँदा सुनिल गुरुङले पदम गुरुङलाई पराजित गरे ।
त्यसै वाक आउटकै आधार जित निकाल्दै डियोनम लामा र मोती घले दोश्रो चरणमा प्रवेश गरेका छन् । सोही उमेर समूहको सिंगल्समा धरम सिंह लामिछाने शुक्र शेरचनलाई पराजित गरेका छन् ।
६५ वर्षमाथि सिंगल्समा मनोज शमसेर जङ्गबहादुर राणाले विष्णु गुरुङलाई पराजित गरे भने ध्रुव गुरुङले पेम्वा ताशीलाई, कर्म घलेले डियोनम लामालाई पराजित गरेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution