मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ ।

मृत्यु हुनेमा नवलपरासी पश्चिम सुनवल नगरपालिका वडा नं. ८ जयगुडी बस्ने ६२ वर्षीय श्रीमान गुरुङ रहेका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं.२९ भतेरीमा लु८प २५६८ नम्बरको मोटरसाइकलको ठक्कर दिँदा पैदल यात्रामा रहेका गुरुङ गम्भीर घाइते भएकाम थिए ।

उनको एलाइभ अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button