पोखरामा नदी उत्खनन गर्ने टिप्पर र चालक प्रहरी नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा अवैधरुपमा नदी उत्खनन गर्दै गर्दा प्रहरीले टिप्पर र चालकलाई नियन्त्रण लिएको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ ढावा पुलबाट अवैधरुपमा चोरी निकासी गरी नदीजन्य पदार्थ ढुङ्गा गिट्टी निकाली रहेको बेला टिप्पर र चालकलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार ग१क ५१५५ नम्बरको टिपर र चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नं. ७ घर भइ हाल जिल्ला कास्की पोखरा-२५ हेम्जा बस्ने बर्ष २३ को नवराज गोलेलाईसमेत पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।

चालक र टिप्परलाई आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखरामा पठाइएको छ । यस बारेमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button