माछापुच्छ्रे पोखरा टेनिस : नेपालका संरक्षक र सम्यक च्याम्पियन

पोखरा । पोखरामा जारी २० औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष डबल्सतर्फको उपाधि नेपालका संरक्षक भूषण बज्राचार्य र सम्यक भूषण बज्राचार्यको जोडीले जितेको छ ।

पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आज सम्पन्न फाइनल खेलमा संरक्षक र सम्यकले भारतीय खेलाडी जोडी अभिनन्सु ठाकुर र सिद्धान्त डेकालाई सोझो सेटमा ७-५, ६-४ ले हराउँदै उपाधि जितेका छन्। कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

यसैगरी पुरुष एकल विधातर्फ नेपालका नं १ प्रदीप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भूषण बज्राचार्यले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार सम्पन्न सेमिफाइनलमा १९ औँ संस्करणका समेत उपाधि विजेता प्रदीपले भारतीय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पार्दै फाइनलमा स्थान बनाए । यसैगरी पूर्व नं १ संरक्षकले २-० को सोझो सेटमा ऋतिक रानालाई पराजित गरे ।

पहिलो सेट ६-२ र दोश्रो सेट ६-३ ले जित्दै ऋतिकको फाइनल पुग्ने सपनालाई संरक्षकले विफल पार्दै उपाधि भिडन्तमा प्रदीपसँगको भेट पक्का गरेका हुन् ।

यता, महिला एकलतर्फ नेपाल नं १ तथा १९औँ  माछापुच्छ्रे महिलातर्फका उपाधि विजेता अभिलाषा विष्टले माहिका रानालाई २-१ को सेटमा पराजित गरी फाइनलमा स्थान बनाइन् ।

पहिलो सेट ६-३ ले सहज जित हात पारेका अभिलाषाले दोश्रो सेट भने माहिकालाई ४-६ ले सुम्पिइन् । तर अन्तिम सेट भने अभिलाषाले ६-१ ले सहज जित हात पारिन् ।

अभिलाषाको भेट फाइनलमा सुनिरा थापासँग हुनेछ । सेमिफाइनलमा रायना शाह विरुद्ध सङ्घर्षपूर्ण खेलमा सुनिराले ६-३, ६-७ र ७-५ ले खेल जित्नुभयो । पुरुष तथा महिला एकलतर्फका फाइनल खेल आइतबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ओपन पुरुष तथा महिलातर्फका बिजेताले जनही नगद रु ८० हजार र उपविजेताले नगद रु ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सेमिफाइनल प्रवेश गर्नेले नगद रु १० हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला टेनिस सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तथा महिला डबल्सतर्फ बिजेताले नगद रु ३० हजार, उपविजेताले रु १५ हजारसहित ट्रफी र सेमिफाइनालिष्टले नगद रु १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button