
पोखरा । पोखराको जाल्पादेवी बहुउद्देश्यीय विकास समितिको अध्यक्षमा विश्वकुमार विजुक्छे चयन भएका छन् । समितिको १० औँ अधिवेशनले विजुक्छेलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शान्ति सिग्देल, महासचिव महेश्वर गिरी, सचिव उर्मिला भट्टराई, कोषाध्यक्ष नरबहाहुर भुजेल छन् ।
समितिको कार्यसमिति सदस्यहरुमा रेनु थापा, दयाराम सुवेदी, सविना विजुक्छे, केदार कुवँर, सञ्जिव विजुक्छे र अमृता गिरी छन् ।
अधिवेशन शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले स्थानीय विकास, निर्माणमा स्थानीय संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताए ।
समितिका अध्यक्ष विश्वकुमार विजुक्छेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गणेश बहादुर अधिकारी, जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष वीरेन्द्र नारायण विजुक्छे, निर्वाचन संयोजक कृष्णमान ठुसाजु, पूर्वअध्यक्ष मिनप्रसाद भट्टराई, सृजना महिला सहकारीका अध्यक्ष सुश्मा बराल, पृथ्वीचोक सामुदायिक केन्द्रका पूर्व अध्यक्ष चिरन्जिवी श्रेष्ठ लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाको गतिविधिसहित सामाजिक कार्यमा सहयोग गरेबापत जाल्पादेवी महिला उद्दार समूह, सृजना विकास केन्द्र, रमेशकुमार श्रेष्ठ लगायतलाई सम्मान गरिएको थियो ।
साधारणसभाले महासचिव शान्ति सिग्देल, कोषाध्यक्ष नरबहादुर भुजेलद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन पारित गरेको छ ।





