
पोखरा । आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।
सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, चितवनसम्म भूकम्पको धक्का महसुस भएको बताइएको छ ।





